आज मिति २०७८ साल मंसिर १४ गते मंगलबार, तदनुसार ३० नोभेम्बर २०२१ । मंसिर कृष्ण एकादशी तिथि, हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा, आज उत्पातिका एकादशी व्रत । सूर्योदयः ६ः३७, सूर्यास्तः १७ः०६ ।
मेष : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।
वृष : पढाइ लेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।
मिथुन : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।
कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।
सिंह : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।
कन्या : प्रेमी-प्रेमिकामा केही किचलो निम्तनेछ ।
तुला : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।
वृश्चिक : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।
धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।
मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।
कुम्भ : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।




















