[ अभय दुबे ]
बारा:= रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर.५ मा लोकतान्त्रिक समाजवादी पार्टीको अफिस,कार्यालय उदघाटन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले पार्टी कार्यालयको उदघाटन गरेको थियो । कार्यक्रममा आफ्नो मन्तब्यमा पुर्व मन्त्री सोनलले भन्नुभयो,”लोकतान्त्रिक समाजवादी पार्टीलाई जनताको आवश्यक छ । यसमा हजुरहरुको सहयोग चाहियो अनि यो देश विकास हुन्छ । धेरै पार्टीले वाचा गरे तर कसैले विकास गरेन तपाईहरु यहाँको स्थानीय पार्टीका नेता हाम्रो प्यानललाई सहयोग गरी किसानहरुलाई समयमा खाद्य ,बिउ, कृषि प्रयोग सामग्री व्यवस्थापन गर्ने , बालबालिकाहरुलाई समयमा उच्च शिक्षाको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो।”

यसै गरी कार्यक्रमको अध्यक्षता पार्टीका मेयर प्रत्यासी तथा लाे.स.पा. जिल्ला संयोजक रामप्रबेश दासले म दलित छु यो होइन कि म असहाय छु । म शिक्षित छु । म यो समाज र काटहरिया नगरपालिका भरीका तथा यो देश बिकासको लागी मर्न पनि तयार छु । जब सम्म यो शरीरमा सास रहन्छ तब सम्म म यहाँको जनताको लागि लडी रहन्छु भन्ने वाचा गर्नुभयो।

त्यसै गरी सो कार्यक्रममा पार्टीका विभिन्न नेताहरु , कटहरीया नगरपालिका भरीका स्थानीय जनताहरू,समाजका अगुवहरु, तथा स्थानिय जनताहरूको सहभागितामा रहेको थियो , प्रमानन्द प्रसाद कुशवाहाले जनाउनुभयो।




















