ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न।

[ अभय दुबे ]

बारा:= बाराको पचरौता नगरपालिकामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा अन्तरगतको अस्थाई ट्राफिक प्रहरी पोष्ट लङ्गडा चौकले सवारी दुर्घटना न्युनीकरण,ट्राफिक जनचेतना सम्बन्धि अन्तरक्रिया तथा छलफलको कार्यक्रम आयोजना गरि सम्पन्न गरेका छ्न।

प्रहरी सहायक निरीक्षक दिपक कुमार बस्नेतको कमाण्डमा दुई पाङ्ग्रे सवारी दुर्घटना न्युनीकरण सम्वन्धी १५ दिने रणनितिक कार्ययोजना अन्तरगत अस्थाई ट्राफिक प्रहरी पोष्ट लङ्गडाद्वारा  सो कार्यक्रम आयोजना गरिएको थियो।

उक्त अन्तरक्रिया कार्यक्रम तथा छलफलमा स्थानीय बासिन्दा , पार्टीका नेता तथा भद्र भलादमीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा दुर्घटना कसरी न्युनिकरण गर्ने भनेर सचेतना जगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ ।

कार्यक्रममा बोल्दै अस्थाई ट्राफिक प्रहरी पोष्ट लङ्गडा का प्रसनि दिपक कुमार बस्नेतले सबै चालकले पुर्ण रुपमा ट्राफिक नियम पालना गरेर सवारी साधन चलाउन, सडकमा पैदल यात्रि र साईकलमा यात्रा गर्ने यात्रुले सडकको किनाराबाट यात्रा गर्न , सबैले आफ्नो दिशा बाट यात्रा गर्न र क्षमता भन्दा बढि यात्रु सवार नगर्न, परिवारका कुनै पनि सदस्यलाई मदिरापान गरेर सवारि साधन चलाउन नदिन, बाटो काढ्नु अघि दायाँ बायाँ नहेरी सडक पार नगर्न, तथा सवारी चालक अनुमानि पत्र लिएर मात्र सवारी चलाउन र नियन्त्रण बाहिर सवारी नचलाउन आग्रह गर्दै सुझाव दिनुभएको थियो।