एजेन्सी := इल्केए गुन्डोगान र फर्नान्डिन्होको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । सिटीले घरेलु मैदानमा २–१ को जित निकालेको हो।
इतिहाद स्टेडियममा आइतबार राति भएको खेलको ३३औं मिनेटमा गुन्डोगानको गोलबाट सिटीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । खेलभर सिटीले पाहुना टोलीलाई दवावमा राखेपनि वेस्ट ह्यामले पनि समय समयमा सिटीमाथि समस्या सिर्जना गरेको थियो।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको पाँचा मिनेटमा म्यानुयल लान्जिनीले गोल गरेपनि वेस्टह्यामले हार टार्न सकेन।
जितपछि सिटी १३ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सिटीले लिभरपुललाई पछि पारेको हो । पराजित वेस्टह्याम २३ अंक जोडेर चौथो स्थानमा रहँदा शीर्ष तीन टोलीसँगको अंक दुरी छोट्याउने अवसर गुमायो।




















