काठमाडौं:= आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले सेवाग्राही केन्द्रित योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत आइएमई पे सेवाग्राहीले नेपालभरिका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत अर्थात् तीन सय रुपैयाँसम्मको क्यासब्याकको अफर पाउनेछन् ।
आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले योजनाले सम्पूर्ण सेवाग्राही अझ बढी प्रोत्साहित हुने र क्यासब्याकमार्फत् भरपूर फाइदा उठाउन सक्ने बताउनुभएको छ ।




















