काठमाडौं:= तेस्रो नेपाल मुवाथाई बेल्ट च्याम्पियनसिपमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । गोकर्णेश्वरको शंखडोलस्थित कराते हलमा भएको प्रतियोगिताको एमेच्युअरतर्फ पुरुष ५४ केजीमा आर्मीका कृष्ण पुनले गोकर्णेश्वर क्लबका मानसिंह तामाङलाई पराजित गर्नुभयो ।
६५ केजीमा आर्मीका भुपेन्द्र रोका मगरले सुकेधारा क्लबका राजकुमार श्रेष्ठलाई हराउनुभयो । ७० केजीमा रेज क्लबका अशुतोष मुल्मीले सुकेधाराका दोर्ची शेर्पालाई पाखा लगाउनुभयो । पुरुष ७० केजीकै अर्को फाइटमा आर्मीका प्रकाश बरुवालले केन्द्रीय क्लबका राजेश कुवरलाई निराश पार्नुभयो ।
गोकर्णेश्वर मुवाथाई नगर कमिटीद्वारा आयोजित सेमिप्रोफेशनल फाइटतर्फ पुरुष ५६ केजीमा बक्स्मान्डुका अनुज कार्कीले गोकर्णेश्वरका प्रवीण राईलाई, ५४ केजीमा गोकर्णेश्वर क्लबका कृतिम श्रेष्ठले सुकेधारा क्लबका यमन मोक्तान, ६५ केजीमा सातदोबाटोका बिक्रम मोक्तानले सुकेधाराका नारायण श्रेष्ठ र ६५ केजीकै अर्को भिडन्तमा आर्मीका नारायण थापाले केन्द्रीय क्लबका मुकेश लुइँटेललाई पाखा लगाउनुभयो ।
प्रोफेसनल बेल्ट फाइटतर्फ महिला ५१ केजीमा रेज क्लबकी तेजीमाया गुरुङले केन्द्रीय क्लबकी डेनिका राइलाई पराजित गर्दै बेल्टजित्नुभयो भने पुरुष प्रोफेशनल फाइटको ५० केजीमा पोखराका ज्ञानेन्द्र सिंहले सुकेधाराका तेजन मगरलाई पाखा लगाउँदै जित्नुभयो ।
पुरुष ६० केजीमा फ्रेन्डसिप मुवाथाई क्लबका विवेक गदालले सुकेधारा क्लबका प्रवेग घिसिङलाई पराजित गर्दै बेल्ट हात पार्नुभयो । पुरुष ५४ केजिमा गोकर्णेश्वर क्लबका लाक्पा तामाङले सुकेधाराका आनन्द राईलाई, ५६ केजीमा केन्द्रीय क्लबका सन्दीप तामाङले गोकर्णेश्वर क्लबका दावा फुन्जो शेर्पालाई, तथा ७० केजीमा आर्मी क्लबका होमबहादुरले गोकर्णेश्वर क्लबका नवराज पराजुलीलाई पराजित गर्दै बेल्ट हात पार्नुभयो ।



















