महानायक राजेश हमालको रोजाइमा जिपकम्पास।

काठमाडौं:= महानायक राजेश हमाल नयाँ जिपकम्पासको साथमा जिपलाइफमा प्रवेश गर्नुभएको छ । हमाल र उहाँकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप शोरुमबाट लेजेन्डरी जिपकम्पासको डेलिभरी लिनुभएको हो ।

सो अवसरमा हमालले भन्नुभयो, ‘मैले युवा अवस्थादेखि नै जिपका बारेमा सुन्दै आएको थिएँ । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएँ । म जिपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ, म खुशी छु कि आज मैले जिप किनेँ ।’

केही महिनाअघि नयाँ जिपकम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिपको बिक्री उल्लेखनीयरूपमा बढिरहेको एमएडब्लु लाइफले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछानेले भन्नुभयो, ‘जिपले यस वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल भएको छ ।

नेपाली बजारले नयाँ जिपकम्पासलाई सहजै स्विकारेकाले हामी निकै उत्साहित छौँ ।’ कम्पनीका अनुसार नेपालमा नयाँ जिपकम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छन्, जसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।