सिक्किमकी डोमाले जितिन् मिस तामाङ वल्र्ड-२०२१ को उपाधी।

काठमाडौं := मिस तामाङ वल्र्ड २०२१को उपाधि सिक्किमकी साङ डोमा ब्लोनले जित्नु भएको छ । राजधानीमाको होटल सोल्टी क्राउन प्लाजामा साधना कला केन्द्रले आयोजना गरेको मिस तामाङ वल्र्डमा सयौं प्रतिस्पर्धीबाट छानिँदै ब्लोनले उत्कृष्ट डे«स, उत्कृष्ट हेल्थ, भ्युअर्स च्वाइजसहित मिस तामाङ वल्र्डको उपाधि चुम्नुभएको हो ।

ब्लोनले दुई लाख बराबरको सुनको मेडल, १५ तोला बराबरको सिल्भर क्राउनलगायतका विभिन्न ट्रफीहरू प्राप्त गर्नुभयो । यस्तै टप सेभेन क्याटगोरिजका लागि भने ५० हजार नगदसहित ट्रफीहरूले सम्मान गरिएको थियो ।

मिस तामाङ वल्र्ड २०२१ मा ब्लोनसँगै अन्य प्रतिस्पर्धीले विभिन्न शीर्षकअन्तर्गतको उपाधि चुमेका छन् । उत्कृष्ट कल्चर रविना थिङ, उतकृष्ट टुरिजम सविता लो, उत्कृष्ट एजुकेशन प्रभा फुयुबा, उत्कृष्ट सोसल वेलफेयर रेनु तामाङ, उत्कृष्ट इनभाइरमेन्ट, वेष्ट ट्यालेन्ट र वेष्ट पर्सनालिटी अप्रिला घिसिङले चुम्न सफल हुनुभयो ।

त्यसैगरी वेष्ट इकोनोमी अलिसा तामाङ, पब्लिक च्वाइस निशा रुम्बाले चुम्न सफल हुनुभयो । त्यस्तै वाइल्ड कार्डबाट इन्ट्री भएका टपटेन प्रतिस्पर्धीबाट वेष्ट फोटोजेनिकको अवार्ड अलिशा घिसिङ, वेष्ट डिसिप्लिन अस्तर थोकरले चुम्न सफल हुनुभयो ।

तामाङ गुरु स्याल्पा तेन्जिङ रिम्पोछे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सर्वोच्च अदालतका न्यायधिश टंक मोक्तान, पूर्वमन्त्री रामवीर मानन्धर, पूर्वमन्त्री परशुराम तामाङ, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एआइजी कृष्णबहादुर तामाङ, एएससिए जापानका अध्यक्ष विनोद लामालगायतको आतिथ्यता रहेको थियो ।

यस प्रतियोगिताको निर्णायकहरूमा सोसल वेलफेयरको तर्फबाट डिएनबहादुर तामाङ, कल्चरतर्फ ध्यानबहादुर मोक्तान, एजुकेशनतर्फ केडी मोक्तान, इकोनोमीतर्फ डा.माधव मल्ल, हेल्थतर्फ डा.छिरिङ योञ्जन, इनभाइरमेन्टतर्फ आश्रा कुँवर, टुरिजमतर्फ छिरिङ डोल्मा शेर्पा रहनुभएको थियो ।