महाधिवेशनमा सहभागी हुन चितवन पुगे केपी शर्मा ओली, हेर्नुस् तस्वीरहरू।

चितवन:= पार्टीको १० औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् ।

उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् ।

शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ। ओली सौराहामै बस्ने भएका हुन् । एमालेको १० औँ महाधिवेशन १०–१२ मंसिर सम्ममा हुनेछ ।