अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन पाकिस्तानको आग्रह।

इस्लामावाद:= पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ। पछिल्ला दिनमा अफगानिस्तानको अवस्थानिकै नाजुकबन्दै गएको भन्दै यहाँका नागरिकलाई खाद्यान्न तथा औषधि र लत्ताकपडाकै समस्या रहेकाले सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभएको हो ।

उहाँले विश्वकादाता राष्ट्रहरू तथा विदेशी समुदायलाई यस्तो सहयोगको आग्रह गर्नुभएको हो । सोमबारमात्र अफगानिस्तानका लागि चीन र इरानले सहायता सामग्री प्रदान गरेका थिए । चीन-अफगानिस्तानमा लबहाक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामग्री पठाएको छ ।

१५ अगष्टमा तालिवानले सत्ताहातमा लिएपछि अफगानिस्तानमा मानवीय संकट बढेको छ । चीनले अफगानिस्तानलाई २० करोड युयान बराबरको आपत्कालीन सहयोग प्रदान गर्ने वचन दिएको छ ।