कोकको अन-ग्राउन्ड एक्टिभेसन सम्पन्न।

काठमाडौं:= कोका-कोलाले कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने सम्पूर्ण कर्मचारीप्रति विशेषरूपमा समर्पित अन-ग्राउन्ड एक्टिभेसन सफलतापूर्वक सम्पन्न गरेको छ ।

विशेषगरी महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित एक्टिभेसन कार्यक्रम कोकको सन् २०२१ को दशैँ क्याम्पेनअन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा रहेको थियो ।

अन-ग्राउन्ड एक्टिभेसनका क्रममा कम्पनीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, स्टार अस्पताल र हृयाम्स अस्पताल काठमाडौंलगायत नेपालका प्रमुख पाँच कोरोना अस्पतालसँग आबद्ध भएर कार्यक्रम सञ्चालन गरेको थियो ।

त्यसैगरी नेपाल एम्बुलेन्स सेवा, वुमन फर हृयुमन राइट्स र क्रियसन इनको सञ्जालअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारलगायत महामारीमा उल्लेखनीय योगदान पु¥याउने अन्य १३ गैरसरकारी संस्थासँग पनि कोका-कोलाले सहकार्य गरेको थियो ।

क्याम्पेनका क्रममा कम्पनीले अग्रपंक्तिमा रहेर काम गर्ने सेवाप्रदायकलाई उपहारका रूपमा उनीहरूको नाम छापिएको कोक बोटल र कोका–कोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स प्रदान गरेको थियो ।