टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव हुँदै।

काठमाडौं := आउँदो चैतको दोस्रो साताबाट पाँच दिनका लागि काठमाडौंमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ हुनेभएको छ । लोक संस्कृतिको पहिचानसँगै लुकेर रहेका प्रतिभाहरूलाई बाहिर ल्याउने उद्देश्यले डीएआर मूभिजले टुँडिखेलमा महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सव सञ्चालक समिति सदस्य श्याम धितालका अनुसार महोत्सवमा दुई सय बढी स्टल रहनेछन् भने विभिन्न जिल्लाको स्थानीय कला–संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाका स्थानीय कलालाई देखाउने गरी कार्यक्रम रहनेछ ।

आयोजक संस्था डीएआर मुभिजले यसअघि २०७६ साल फागुनमा टुँडिखेलमै प्रथम ‘राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव’को आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ जिल्लाका सांस्कृतिक झाँकीसहितको ¥याली गरिएको थियो । पाँच दिनसम्म चलेको उक्त महोत्सव पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’मा दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा प्रवेश निःशुल्क गरिनेछ । विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।