पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा भुटानको सामना गर्दै।

काठमाडौं:= पहिलो खेलमा हङकङसँग पराजित नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा भुटानको सामना गर्दैछ। मंगलबार दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

पहिलो खेलमा पराजित नेपाल भुटानविरुद्ध पहिलो जितको खोजीमा हुनेछ। सोमबार भएको खेलमा नेपाल कमजोर प्रतिद्वन्दी हङकङसँग ६ विकेटले पराजित भएको थियो। दक्षिण एसियाली प्रतिद्वन्दी भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ।

भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो।प्रतियोगितामा ६ टोली रहेका छन्। जसको विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छ। ग्लोबल छनोटका दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्।