आमिर र करिना अभिनित नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ नयाँ वर्षमा हेर्न पाइने।

मुम्बई:= आमिर खान र करिना कपुर अभिनित नयाँ बलिउड चलचित्र ‘लाल सिंह चड्डा’ नयाँ वर्षमा प्रदर्शन हुनेभएको छ । चलचित्रको प्रदर्शन मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले चलचित्रको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिनुभएको हो ।

पोष्टर सार्वजनिक गर्दै करिनाले लेख्नुभएको छ, ‘तपाईंहरूका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुशी लागेको छ ।’ अद्वैत चन्दनको निर्देशन रहेको चलचित्र यसअगाडि क्रिसमसको अवसरमा रिलिज गर्ने बताइएको थियो।

तर अहिले चलचित्रको रिलिज मिति परिवर्तन गरिएको छ । यसै चलचित्रमार्फत तेलुगु स्टार नागा चैतन्य बलिउड डेब्यु गर्दैछन् । चलचित्रमा मोहना सिंह पनि एक महत्वपूर्ण भूमिकामा देखिँदै हुनुहुन्छ ।