अष्ट्रेलियामा हट्दै विदेशी नागरिकमाथी लगाइएको यात्रा प्रतिबन्ध।

एजेन्सी (सिड्नी) := अष्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण देखाउँदै अष्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएकोमा अब सो प्रतिबन्ध हटाउने भएको हो ।

प्रतिबन्ध हटेसँगै दक्ष आप्रावासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अष्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् । अष्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाइ गरेको थियो । नयाँ नियमअनुसार योग्य भिसाधारीलाई अब कुनै रोकतोकविना अष्ट्रेलिया फर्किन पाउनेछन्

सोमबारको घोषणालाई प्रधानमन्त्री स्कट मोरिसनले ‘महत्वपूर्ण’ कदम भन्नुभएको छ । पछिल्लो कदम अष्ट्रेलियालाई महामारीपूर्वको अवस्थामा फर्काउन कोशेढुंगा सावित हुने प्रधानमन्त्रीको विश्वास छ ।