हारपछि म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक सोल्सार बर्खास्त।

लन्डन:= म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गन सोल्सारलाई बर्खास्त गरेको छ । क्लबको बोर्ड बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो । इंग्लिस प्रिमियर लिगअन्तर्गत वाटफोर्डविरुद्ध ४-१ ले पराजित भएपछि आकस्मिकरूपमा बसेको बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । तर, सोल्सारले आपसी समझदारीमै राजीनामा दिएको वातावरण बनाउने बताइएको छ ।

उहाँको बर्खास्तीसँगै क्षतिपूर्ति तथा अन्य प्रक्रियाका बारेमा समेत छलफल भइसकेको बताइएको छ । सोल्सारले प्रिमियर लिगअन्तर्गत पछिल्ला पाँचमध्ये चार खेलमा पराजित भएपछि युनाइटेडका समर्थकहरू पनि उहाँविरुद्ध खनिएका थिए । क्लबको प्रथम टिम प्रशिक्षक माइकल क्यारिक तथा टिमका टेक्निकल निर्देशक ड्यारेन फ्लेचरलाई अन्तरिम प्रशिक्षक बनाइने जनाइएको छ । गत महिना नै युनाइटेडले लिभरपुलसँग ५-० को पराजय भोगेको थियो ।