सेयर बजारमा उच्च गिरावट।

काठमाडौं:= आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से ११.६० अंकले घटेर २७५७.५३ अंकमा झरेको छ । यस दिन दुई सय २५ कम्पनीको चार अर्ब ३५ करोड बराबरको सेयर कारोबार भएको छ । मानुषी लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम जलविद्युत् कम्पनी तथा आइसीएफसी फाइनान्सलगायतको सेयरमूल्यमा उच्च गिरावट आएको छ ।

सबैभन्दा बढी नेपाल महालक्ष्मी विकास बैंकको ५० करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तै नेसनल हाइड्रोपावर २३.८४ करोड, नेपाल टेलिकम २२.६२ करोड, हिमाल दोलखा हाइड्रोपावर २१.५० करोड र अपर तामाकोशीको १५.२५ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । हाइड्रोपावर र उत्पादनमूलक समूह उकालो लागेका छन् भने अन्य समूह ओरालो लागेका छन् ।