आज मिति २०७८ साल मंसिर ६ गते सोमबार, मार्र्ग कृष्णपक्ष, तृतीया तिथि १९ः४४ बजे उप्रान्त चतुर्थी तिथि, सूर्याेदय : ६ः३१, सूर्यास्त : १७ः०७, तारिख : २२ नोभेम्बर ।
मेष : नयाँ कार्यको थालनीमा केही व्यवधान आउनेछ ।
वृष : अध्ययन, अध्यापनमा आलस्यता बढ्नेछ ।
मिथुन : दाम्पत्य जीवन सुमधुर बन्ने र शत्रुपक्ष निस्तेज हुने योग छ ।
कर्कट : शारीरिक क्षमताभन्दा बढी श्रम गर्नुपर्ने छ ।
सिंह : सामाजिक, शैक्षिक तथा सेवामूलक क्षेत्रमा लगानी बढ्नेछ ।
कन्या : वैदेशिक क्षेत्रका कार्यमा सफलता मिल्नेछ ।
तुला : धार्मिक कार्यमा सहभागी हुँदा मनमा शान्ति छाउनेछ ।
वृश्चिक : कठोर बोलीका कारण अपजश बेहोर्नुपर्ने देखिन्छ ।
धनु : पति-पत्नीबीचको सम्बन्धमा मनमुटाव हुनेछ ।
मकर : सवारीसाधनबाट चोटपटक लाग्न सक्ने योग छ
कुम्भ : खराब व्यक्तिसँगको संगतबाट मुक्ति मिल्नेछ ।
मीन : साझेदारीमूलक कार्यबाट विशेष लाभ लिन सकिनेछ ।




















