आज मिति २०७८ साल मंसिर ५ गते आइतबार, मार्गशीर्ष कृष्णपक्ष, द्वितीया तिथि १७ः३८ बजे उप्रान्त तृतीया तिथि, सूर्याेदय : ६ः३०, सूर्यास्त : १७ः०८, तारिखः २१ नोभेम्बर, टेलिभिजन दिवस । होम गर्न, नयाँ पसल खोल्न र विवाह गर्नको लागि शुभ ।
मेष : आकस्मिक रूपमा धनागम हुने योग छ ।
वृष : मन द्विविधाग्रस्त हुने भएकाले दीर्घकालीन प्रभाव पार्ने निर्णय सकेसम्म नलिनुहोला ।
मिथुन : भावना र कल्पनामा केन्द्रित हुँदा महत्त्वपूर्ण कार्यमा व्यवधान हुन सक्छ ।
कर्कट : कृषिजन्य क्षेत्रबाट विशेष फाइदा मिल्ने समय छ ।
सिंह : राज्य पक्षबाट मान, सम्मान र प्रतिष्ठा मिल्नेछ ।
कन्या : भाग्यको प्रबलताका कारण नयाँ अवसर प्राप्त गर्ने संभावना रहेको छ ।
तुला : पारिवारिक समस्याका कारण मानसिक तनाव उत्पन्न हुनेछ ।
वृश्चिक : व्यापार, व्यवसायमा उन्नति हुने देखिन्छ ।
धनु : पेटसम्बन्धी समस्या आउन सक्छ, खानपानमा सजग रहनुहोला ।
मकर : प्रेम प्रस्ताव आउन सक्ने संभावना रहेको छ ।
।
कुम्भ : भूमि, भवन तथा बाहनबाट लाभ मिल्नेछ ।
मीन : छोटो दुरीको रमाइलो यात्राको योग छ ।




















