नेपाली राष्ट्रिय महिला टोलीले चार देशीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने।

नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतमा आयोजना हुने ‘फोर नेसन्स वुमन्स फुटबल टुर्नामेन्ट’ खेल्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालले उक्त प्रतियोगिता खेल्ने जानकारी गराएको हो । प्रतियोगिता २३ मंसिरदेखि ६ पुससम्म (९-२१ डिसेम्बरसम्म) हुनेछ । नेपालले पछिल्लो पटक एशियन कप छनोट खेलेको थियो । तर, नेपाल दोस्रो चरणमा स्थान बनाउन असफल भयो ।

एसियन कप आयोजना गर्न लागेको भारतले त्यसअघि तयारीस्वरूप ‘फोर नेसन्स वुमन्स फुटबल’ प्रतियोगिता गराउन लागेको हो । त्यसअघि भारतीय महिला टोलीले ब्राजिलमा हुने ‘फोर नेसन्स वुमन्स फुटबल’मा सहभागिता जनाउनेछ । प्रतियोगितामा ब्राजिल, चिली र भेनेजुयलाको सहभागिता रहनेछ ।