जि.एस.समाज मलेसियाद्वारा रु.६ लाख ५८ हजार ४६४ आर्थिक सहयोग प्रदान।

क्वालालम्पुर (मलेसिया):= जि. एस. समाज सेवा युवा क्लब, मलेसियाद्वारा मृतक प्रमोद_शर्मा को परिवारलाई मलेसियन रिङ्गेट आरएम २३,३३७ /- अर्थात नेपाली रु. ६,५८,४६४/- आर्थिक सहयोग हस्तान्तरण सम्पन्न भएको छ।

दाङ जिल्ला राप्ती गाउँ पालिका वडा नं.२ निवासी ३२ वर्षीय प्रमोद शर्मा विगत करिब ८ बर्ष देखि मलेसिया बातु पहातमा रहेको Orange (Songlin) industrial Sdn. Bhd. कम्पनी मा कार्यरत थिए। उनको कलेजोमा देखिएको खराबीको कारण गत सेप्टेम्बर महिनााको १० तारिख २०२१ को दिन मलेसियाको  अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।

मलेसिया बातु पहात मा रहेको जि. एस. समाज सेवा युवा क्लब ले जि. एस. अन्तर्गत रहेका कम्पनी हरु जिमेल, सोङ्लिन, अोरेन्ज र बुलुबेरी कम्पनी मा कार्यरत जो कोहि नेपाली को मृत्यु भएमा मृतक परिवारलाई गर्दै आएको आर्थिक सहयोग अनुसार यस घटनामा पनि मृतक परिवार को सहयोगार्थ विगत करिव १ महिना देखि आर्थिक सहयोग अभियान सञ्चालन गर्दै आर्थिक संकलन गरेको थियो।

Gimmill industrial, Songlin industrial, Orange industrial र Blueberry industrial मा कार्यरत रहेका सम्पुर्ण नेपाली बाट संकलन गरेको उक्त रकम १४/११/२०२१ का दिन एक अौपचारिक कार्यक्रम गरि सार्वजनिक गरिएको थियो।

मृतक परिवारका निकट व्यक्ति तथा समाजसेवी #राम_डाँगीको प्रमुख आतिथ्यता तथा जि. एस. समाज सेवा युवा क्लब, मलेसिया का अध्यक्ष #जटिल_बि_सि को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष विमल_पोख्रेल ले संकलित रकम विवरण सार्वजनिक गरेका थिए।

जि. एस. समाज कि सकृय सदस्य सरु मुखिया मगर ले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मिथुन बिराजी, सल्लाहकार धन बहादुर राना, सन्तोष राई, उपाध्यक्ष नविता लिम्बू, गंगा कार्की, सदस्यहरु रमेश ढुंगाना, राजु कुमार थारु, गोपाल जि. सि., सरिता तामाङ राई, समाजसेवी अखिल भण्डारी लगायत ले बोल्नु भएको थियो। ओरेन्ज होस्टलको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न समाजसेवी बुद्धिजीवी हरु को बाक्लो उपस्थिति रहेको थियो।

यस अभियानबाट संकलित रकम १७/११/२०२१ का दिन सम्बन्धित परिवार लाई हस्तान्तरण सम्पन्न भएको छ। जि. एस. समाज का प्रतिनिधि तथा समाजसेवी अनुप चौधरी को विषेश सहयोगमा तथा राप्ती गाउँ पालिका वडा नं.२ का वडा अध्यक्ष जगत_थापा तथा समाजसेवी कमल_पाण्डे को उपस्थितिमा मृतक का छोरा बर्ष ११ का प्रमिश_शर्मा र छोरी बर्ष २.५ कि प्रिन्सा_शर्मा लाई रकम हस्तान्तरण गरि Civil Bank Limited, Lalmatiya Dang Branch मा मुद्दती निक्षेप खाता बनाइ बचत गरिएको छ।

जम्मा संकलित रकम रु. ६,५८,४६४/- मध्ये रु. ३,३८,६०२/- छोरा प्रमिश शर्मा को नाम मा र बाँकी रु. ३,१९,८६२/- छोरी प्रिन्सा शर्मा को नाम मा आमा मिरा शर्मा हकवाला हुनेगरी १८ बर्ष पुगेपछि निकाल्न मिल्ने गरि मुद्दती निक्षेप खाता मा बचत गरिएको छ। २०७२ साल मा स्थापना भएको जि. एस. समाज ले समाज मा घटेका विभिन्न घटनाक्रम अनुसार हाल सम्म करिब रु.९० लाख भन्दा बढी सामाजिक कार्यमा आर्थिक सहयोग गरिसकेको छ।

यस अभियानमा निम्न बमोजिम आर्थिक संकलन भएको थियो।

#व्यक्तिगत_सहयोग:-
👉️ Orange Hostel :- Rm.4703/- (रु.१,३२,९२५/-) 👉️Gimmill Hostel :- Rm. 3577/- (रु.१,०१,१००/-)
👉️ Songline Hostel :- Rm.2937/- (रु.८३,०१०/-) 👉️Blueberry Hostel :- Rm.2969/- (रु.८३,९१५/-) 👉️Banding Hostel:- Rm.1840/- (रु.५२,००६/-) 👉️Outside Room:- Rm.2540/- (रु.७१,७९०/-)

#डोनेशन बक्स बाट संकलित;- 👉️ Gimmill “A” :- Rm.1732/- (रु.४८,९५३/-) 👉️Gimmill “B” :- Rm.1070/- (रु. ३०,२४३/-) 👉️Songline :- Rm. 441/- (रु.१२,४६४/-) 👉️Blueberry :- Rm.1404/- (रु.३९,६८२/-) 👉️श्रद्धाञ्जली शोक सभा बाट:- Rm.124/- (रु.३,५०५/-)

#जम्मा संकलित रकम;- Rm.23,337/- (रु.६,५९,५०४/-) IME सेवा शुल्क:- Rm. 40/- (रु.१,१३०/-) नेपाल पठाएको:- रु. ६,५८,४६४/-