काठमाडौं:= ग्लोबल आइएमई बैंकले संखुवासभाको खाँदबारीमा शुक्रबार शाखा सञ्चालनमा ल्याएको छ । पछिल्लो शाखासँगै बैंकको शाखा संख्या दुई सय ८७ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवा पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा दुई सय ८७ शाखा, दुई सय ५२ एटिएम, दुई सय ६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ४० भन्दा बढी सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।




















