स्वास्थ्य जानकारी : अनार खानुका फाइदा।

काठमाडौं:= अनारलाई अरू फलहरूको तुलनामा बढी पोषकयुक्त भएको मानिन्छ । अनारमा भिटामिन ए, क्याल्सियम, भिटामिन बी, प्रोटिन र पोटासियम पाइन्छ । यसले हामीलाई स्वस्थ रहन मद्दत पु¥याउँछ । यस्तै अनारले क्यान्सर जस्तो प्राणघातक रोगबाट बचाउन सहयोग गर्छ भन्ने पनि छ ।

अनारले शरीरमा रगतको कमी हुन दिँदैन र हड्डीलाई पनि बलियो बनाउँछ ।  यस्तै अनार खानाले मुटु, दिमाग र आँखाको स्वास्थ्य अवस्था राम्रो रहन्छ । अनारको जुसभन्दा दाना खाँदा हाम्रो स्वास्थ्यलाई झन् बढी फाइदा हुने बताइन्छ । अनार स्वास्थ्यका लागि लाभदायक त छ नै, सौन्दर्यका लागि पनि त्यत्तिकै फाइदाजनक रहेको छ ।

यस्तै धेरै नै तनावपूर्ण अवस्था भएको खण्डमा अनार खानाले राहत मिल्ने बताइन्छ । दैनिकरूपमा अनार खानाले तनावपूर्ण अवस्थाबाट केही हदसम्म आराम मिल्छ । त्यसो त हाम्रो स्वास्थ्यका लागि सबै फल लाभकारी नै मानिन्छ । तर, अनारको जुस बिरामी र स्वास्थ्यका दृष्टिले बढी प्रभावकारी र लाभकारी मानिन्छ ।

विभिन्न अनुसन्धानका अनुसार १७४ ग्राम अनारको दाना सेवन गर्दा सात ग्राम फाइबर, तीन ग्राम प्रोटिन, भिटामिन सी आरडीआई ३० प्रतिशत, भिटामिन के आरडीआई ३६ प्रतिशत, फोलेट आरडीआई १६ प्रतिशत, पोटासियम आरडीआई १२ प्रतिशत पाइन्छ ।