भ्वाइस किड्सको भोटिङ पार्टनर ‘खल्ती’

काठमाडौं:= खल्तीले ‘द भ्वाइस किड्स नेपाल’ सँग एकमात्र भोटिङ पार्टनरका रूपमा साझेदारी गरेको छ । कार्यक्रम कात्तिक २६ गतेदेखि औपचारिकरूपमा हिमालय टिभीमा प्रसारण भएको थियो । कार्यक्रममा प्रशिक्षक/निर्णायकका रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार रहनुभएको छ ।

खल्तीका सहसंस्थापक अमित अग्रवालले भन्नुभयो, ‘हामी हिमालयन टिभी र द भ्वाइस किड्स नेपालसँग कार्यक्रमको पहिलो संस्करणका लागि साझेदारी गर्न पाउँदा उत्साहित छौं, द भ्वाइस किड्स नेपाललाई हाम्रो देशको सांस्कृतिक तथा सांगीतिक परिवेश झल्काउदै यहाँ रहेको अथाह प्रतिभा देखाउन अवसर दिने एक उत्कृष्ट मञ्चका रूपमा हामीले लिन सक्छौं ।’ द भ्वाइस अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाइज हो, जुन नेपालमा सन् २०१८ मा द भ्वाइस नेपाल नामक शोबाट सुरु भएको थियो ।