फर्मा उन्नत प्रविधि ट्याक्टर।

काठमाडौं:= नेपालमा फर्मा उन्नत प्रविधि ट्याक्टर भित्रिएको छ। परम्परागत युरोपेली विरासतको साथ कृषि र मोटर वाहन डोमेनमा ७५ वर्ष पुरानो कम्पनी हो । जुन बोटोसानीको रोमानियाली टाउनसिपमा आधारित छ र रोमानियाली स्टक एक्सचेन्जमा दर्ता रहेको कम्पनीले जनाएको छ ।

युरोपेली प्रविधिको साथ भारतमा उत्पादित ट्याक्टर कम्पनीले एक कार्यक्रमबीच बुधबार काठमाडौंमा सार्वजनिक गरेको हो । नेपालस्थित आधिकारिक बिक्रेता यती टेक्निक फार्म प्रालिले उक्त ट्याक्टर नेपाली बजारमा ल्याएको हो । ट्याक्टर टु हिृवल ड्राइभ र फोर हिृवल ड्राइभ कन्फिगेरसन दुवैमा उपलब्ध रहेको छ ।

ट्याक्टरमा वायुगतिकीय आकार, बलियो संरचना, प्रोजेक्टर हेड ल्याम्प, पावर स्टेरिङ, उच्च ग्राउन्ड क्लियरेन्स र उच्च टोकलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।Þ त्यसैगरी स्थान चिहृन लगाउने, लाइभ ट्याकिङ, इन्धन सूचक, इन्जिन चल्ने घण्टा, सेवा रिमाइन्डर, फिल्टर चोकिङ, इन्जिन तापमान र ब्याट्री कम चेतावनीलगायतका विशेषता पनि रहेको कम्पनीका अन्तर्राष्ट्रिय व्यापार भारतका प्रमुख अजय मल्लिकले बताउनुभयो । यती टेक्निक फार्म प्रालिका कार्यकारी निर्देशक कृष्ण जीसीलगायतको उपस्थितिमा अर्थमन्त्री जनार्दन शर्माले ट्याक्टर सार्वजनिक गर्नुुभएको थियो ।