नबिलद्वारा डेढ अर्बभन्दा बढी कर भुक्तानी।

काठमाडौं:= आर्थिक वर्ष २०७६/२०७७ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानपत्र प्रदान गरेको छ। बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६७ करोड कर तिरेको जनाएको छ ।

विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स तिर्ने सूचीमा नबिललाई राखेको थियो । पछिल्लो १० वर्षमा छैटौं पटक बैंकतर्फ उच्चकर भुक्तानीमा पर्न सफल भएको बैंकले जनाएको छ  । नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको जनाएको छ ।

यसैबीच बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई मध्यनजर गरी व्यक्तिगत बचत खाताअन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । बैंकले व्यक्तिगत बचत निक्षेपहरूको प्रकाशित व्याजदरमध्येको उच्च व्याजदर प्रदान गरिने जनाएको छ  ।