आज मिति २०७८ साल मंसिर ३ गते शुक्रबार पूर्णिमा तिथि कात्तिक शुक्लपक्ष : सूर्याेदय : ६ः२९, सूर्यास्त : १७ः०८, तारिख १९ कात्तिकस्नान चतुर्मासव्रत समाप्ती ।
मेष : अनावश्यक विवाद पर्न सक्छ सचेत रहनुपर्ला ।
वृष : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
मिथुन : अध्ययन, अनुसन्धानका कार्यमा विशेष रुचि बढ्नेछ
कर्कट : अतिथिको आगमन हुँदा मन प्रसन्न हुनेछ ।
सिंह : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।
कन्या : साथीभाइको सहयोगले काम बन्नेछ ।
तुला : मानसम्मान पाउँदा मन हर्षित हुनेछ ।
वृश्चिक : यात्रामा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।
धनु : नसोचेको ठाउँबाट धनलाभ हुन सक्नेछ ।
मकर : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
कुम्भ : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
मीन : स्वास्थ्यमा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।




















