दोहा । कतारमा हुने विश्वकपका लागि १३ राष्ट्र छनोट भएका छन् । विश्वकप छनोटबाट आयोजक कतारसहित १३ राष्ट्रले विश्वकपमा स्थान पक्का गरेका हुन् । विश्वकपमा अब १९ राष्ट्र छनोट हुन बाँकी रहेका छन् ।
हालसम्म छनोट हुने राष्ट्रमा कतार, फ्रान्स, जर्मनी, डेनमार्क, ब्राजिल, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र अर्जेन्टिना रहेका छन् ।
मंगलबार राति र बुधबार बिहानका खेलसँगै विश्वकपका लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् । विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेमा युरोपेली छनोटका १० समूहका समूह विजेता छन् भने दुई टोली दक्षिण अमेरिकी छनोटको शीर्ष दुई रहँदा आयोजक राष्ट्रको नाताले कतारले सिधै विश्वकपमा स्थान बनाएको हो ।
यस्तै प्लेअफ खेल्ने टोलीमा पोर्चुगल, स्कटल्यान्ड, इटाली, रसिया, स्विडेन, वेल्स, टर्की, पोल्यान्ड, नर्थ म्यासेडोनिया, युक्रेन, अस्ट्रिया, चेक रिपब्लिक रहेका छन् ।




















