गोलरक्षक एन्जिलाको जीवनीमा आधारित बायोपिक चलचित्र बन्ने।

इलाम:= नेपाली महिला राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित बायोपिक चलचित्र बन्ने भएको छ । नेपाली राष्ट्रिय टोलीकी पहिलो रोजाइकी गोलकिपर इलामको सूर्योदय नगरपालिकाकी एन्जिलाको जीवनमा आधारित रहेर केन्द्र मोसन पिक्चर्सले बायोपिक बनाउने भएको हो ।

नेपालको यु-१४ हुँदै सन् २०१६ बाट सिनियर टोलीको पहिलो रोजाइको गोलरक्षक हुनुहुन्छ । २५ वर्षीया एन्जिलाले पनि आफ्नो बायोपिक चलचित्र बन्ने लगभग निश्चित भएको प्रतिक्रिया दिनुभयो । प्रेम श्रेष्ठ, केन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश अग्रवालको लगानीमा बन्ने बायोपिकलाई मिलन चाम्सले निर्देशन गर्दै हुनुहुन्छ ।