काठमाडौं:= निर्माण भएर बसेको प्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत-३’ को भारतको प्रदर्शन राइट बिक्री गरिएको छ । निर्माण युनिटले चलचित्रको भारतमा थिएटर र डिजिटल राइट्स बिक्री गरेको हो ।
निर्माता तथा निर्देशकसमेत रहनु भएका सन्तोषले चार करोड भारतीय रुपैयाँमा भारतका लागि चलचित्रको राइटस् बेचेको जानकारी दिनुभएको छ । यद्यपि, यो पूरै राइट्स (प्रतिलिपि अधिकार) भने होइन । एमजीमात्रै हो ।
‘इम्पोसिबल फिल्म्स’ले चार करोड भारतीय रुपैयाँ सन्तोषलाई दिएको छ । उक्त कम्पनीले सन्तोषलाई बाँकी फाइदाको ३० प्रतिशत रकम उपलब्ध गराउनेछ । ‘प्रेम गीत-३’लाई हिन्दी भाषामा डबिङ गरिएको छ । हिन्दीमा यो चलचित्रको नाम भने ‘प्रेम गीत-३’ रहने छैन । ‘संघार’ राखिएको छ ।
सेनका अनुसार नेपाल र भारतमा एउटै समयमा चलचित्र रिलिज गर्ने तयारी भइरहेको छ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोषले संयुक्तरूपमा निर्देशन गर्नुभएको छ । निर्देशक गुरुङको निधन भइसकेको छ ।




















