नोकिया ६३१० नेपाली बजारमा।

काठमाडौं:= नोेकियाले नर्डिक बिल्ड क्वालिटीमा र्‍याप गरिएको कनेक्टिभिटी र एक्सेसिबिलिटीको सुविधासहित नोकिया ६३१० नेपाली बजारमा ल्याएको छ । जसमा पुनः डिजाइन गरिएको कभ्र्ड स्क्रिनसाथ क्लासिक रेट्रो उपलब्ध रहेको छ । प्यान एसिया एचएमडी ग्लोबलका क्षेत्रीय प्रमुख तथा जनरल म्यानेजर रवि कुँवरले भन्नुभयो, ‘नोकिया ६३१० एक पुनर्कल्पना गरिएको फिचर फोन हो र सबै नोकिया फोन जस्तै यो लामो समयसम्म टिक्ने बनाइएको छ ।

त्यसैले फिचर फोन तपाईंको गो-टु उपकरण होस्, चाडपर्वका लागि आवश्यकता होस् वा जस्ट-इन केस हृयान्डसेट होस्, नोकिया ६३१० ले तपाईंलाई हरेक बेला सहयात्रीका रूपमा मद्दत गर्नेछ ।’ कम्पनीका अनुसार नोकिया ६३१० कोे हप्ता दिनसम्म टिक्ने ब्याट्री क्षमता रहेको छ । स्टाइलिस र आधुनिक मेटालिक एक्सेन्टमा उपलब्ध नोकिया ६३१० को मूल्य छ हजार दुई सय ९९ रुपैयाँ रहेको छ ।