दुबई (युएई):= आइसिसी टी-२० विश्वकप-२०२२ अस्ट्रेलियाका सात शहरमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार उक्त जानकारी गराएको हो ।
विश्वकपका खेलहरू अस्ट्रेलियाको एडिलेट, ब्रिसबेन, जिलोङ, होबार्ट, मेलबर्न, पर्थ र सिड्नीमा हुनेछ । विश्वकप २०२२ अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुनेछ ।
विश्वकपमा आयोजक तथा साबिक विजेता अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले सुपर १२ मा स्थान बनाएका छन्। वेस्ट इन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।




















