स्मार्टफोन ब्रान्ड रियलमी तेस्रो स्थानमा उक्लियो।

काठमाडौं := स्मार्टफोन ब्रान्ड रियलमी अब नेपालमा पनि सबैभन्दा छिटो अघि बढ्ने स्मार्टफोन बनेको छ । क्यानालिसमा प्रकाशित रिपोर्टअनुसार २०२१ कोे तेस्रो क्वाटरमा तेस्रो स्थानमा उक्लिएको छ । नेपालमा रियलमीले अघिल्लो क्वाटरको तुलनामा २५७ प्रतिशतले वृद्धि गर्दै माथि उक्लिएको कम्पनीले जनाएको छ ।

हाल नेपाली बजारमा रियलमीले १४ प्रतिशत हिस्सा ओगटेको छ । अघिल्लो क्वाटरको तुलनामा यो क्वाटरमा रियलमीले २५७ प्रतिशतले स्मार्टफोन ढुवानी वृद्धि गर्दै सबैभन्दा सफल स्मार्टफोन ब्रान्ड बन्न सफल भएको कम्पनीले जनाएको छ । सामसुङले तेस्रो क्वाटरमा स्मार्टफोन ढुवानीमा ३९ प्रतिशतको वार्षिक गिरावटको सामना गरेको बताइएको छ ।

त्यस्तै शाओमीले सोही अवधिमा ५५ प्रतिशतको गिरावटको सामना गर्नुपरेको छ । गिरावटका बाबजुद पनि उक्त स्मार्टफोनहरू क्रमशः ३९ प्रतिशत र २४ प्रतिशतको नेपाली बजार हिस्सा ओगटेर ठूलो ब्रान्डमै यथावत् रहेको बताइएको छ  । नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोबाइल्सको साथमा रियलमीले नेपालमा २०१९ मा डेब्यु गरेको थियो ।