रूसद्वारा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौता।

मास्को:= रूसले सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सैन्य प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभले सोमबार सो कुराको जानकारी दिनुभयो ।

‘महामारीजन्य कठिनाइका बाबजुद हाम्रा साझेदारसँगको अन्तक्र्रिया दिगो र रचनात्मक छ । नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ । जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्‍याएको छ’, शुगाएभले भन्नुभयो ।