आज मिति २०७८ साल मंसिर १ गते बुधबार त्रयोदशी तिथि कात्तिक शुक्लपक्ष : सूर्याेदय : ६ः२७, सूर्यास्त : १७ः९, तारिख १७ मार्गसंक्रान्ति ।
मेष : मानसम्मान पाउँदा मन हर्षित हुनेछ ।
वृष : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग पाउन कठिन हुनेछ ।
मिथुन : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
कर्कट : नयाँ-नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ ।
सिंह : पठनपाठनका क्षेत्रमा विशेष रुचि बढ्नेछ ।
कन्या : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।
तुला : अतिथिको सेवा गर्न पाउँदा मन खुसी हुनेछ ।
वृश्चिक : आर्थिक संकटका कारण काम अपूरो हुनेछ ।
धनु : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
मकर : स्वास्थ्यमा समस्या आइपर्न सक्छ, सचेत रहनुपर्ला ।
कुम्भ : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
मीन : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।




















