डिसी:= अमेरिकाको मेरिल्याण्डमा वरिष्ठ कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ तथा चर्चित गायिका इन्दिरा जोशीको हृयापी हर्ट नामक गीत विमोचन गरिएको छ ।
गत नोभेम्बर १३ शनिबारका दिन मुलुकबाहिर ३० वर्षअगाडि सबैभन्दा पहिले स्थापित नेवा समुदायको गैरमुनाफा सामाजिक संस्था नेपा पास पुचः अमेरिकाय (एनपीपीए)को ३०आंै वार्षिक तथा नेपाल सम्वत् ११४२ समारोहमा उक्त गीत विमोचन गरिएको हो ।
गत नोभेम्बर १३ शनिबारका दिन युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतलाई मदनकृष्ण श्रेष्ठका सुपुत्र यमन श्रेष्ठले गर्नुभएको छ भने उहाँकै सुपुत्री गायिका, निर्देशक सराना श्रेष्ठको शब्द र निर्देशन छ । उक्त गीतमा स्वयं मदनकृष्ण श्रेष्ठले गीत गाउनुका साथै सराना श्रेष्ठ, यमन श्रेष्ठ र इन्दिरा जोशीको अभिनयसमेत रहेको छ ।
अमेरिकाबाट विमोचन गर्ने भनेको मिति र तिथि तय भएको दिन नै उता नेपालमा हरिवंश आचार्यको जन्म दिन परेकाले मदनकृष्णले अर्बाैं मान्छेहरूमा तिमी विशेष मन मिल्ने मान्छे भन्दै सामाजिक सञ्जालमार्फत हरिवंश आचार्यको जन्मदिन भएको कारण कार्तिक २७ गते मेरो लागि विशेष दिन भएको भन्दै उक्त गीत नेपालबाट सार्वजनिक गरिएको थियो ।
गीत विमोचनमा एनपिपिएका अध्यक्ष राजु जोशी पनि मञ्च मै उपस्थित भई गीत विमोचन गराउनुभएको थियो । यसैगरी संगीत संयोजन उदयराज पौडेलको छ भने छायांकन हरि हुमागाईले गर्नुभएको छ । कोरियोग्राफर राजीव समरले गर्नुभएको हो भने नवीन निरौलाले सम्पादन गर्नुभएको छ ।




















