काठमाडौं:= गीतकार मधु पौडेलको गीत ‘कस्तुरी सार्वजनिक भएको छ । सुमन केसी र प्रविशा अधिकारीको स्वर, प्रहाल्द बोगटीको संगीत रहको गीतको भिडियो सार्वजनिक भएको हो।
सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशीला थापाको अभिनय छ । भिडियोमा नाजिर र सुशीला निकै रोमान्टिक देखिएका छन् ।
सान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समर सहायक निर्देशकको रूपमा रहेका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।




















