आज मिति २०७८ साल कात्तिक २९ गते सोमबार एकादशी तिथि कात्तिक शुक्लपक्ष : सूर्याेदय : ६ः२६, सूर्यास्त : १७ः१०, हरिबोधिनी एकादशीव्रत, तारिख १५ तुलसीविवाह ।
मेष : अतिथिको आगमन हुँदा मन खुसी हुनेछ ।
वृष : नयाँ नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ ।
मिथुन : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
कर्कट : नसोचेको ठाउँबाट धनलाभ हुन सक्छ ।
सिंह : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग पाउन कठिन हुनेछ ।
कन्या : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
तुला : अध्ययन अनुसन्धानका कार्यमा विशेष रुचि बढ्न सक्छ ।
वृश्चिक : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
धनु : लक्ष्मीका कृपाले धनलाभ हुन सक्नेछ ।
मकर : धार्मिक कार्यमा सक्रिय सहभागिता हुन सक्छ ।
कुम्भ : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।
मीन : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।




















