काठमाडौं:= नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आइटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जित्नुभएको छ ।
पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६-१ र ६-२ को सोझो सेटमा सहजै पराजित गर्नुभयो।
त्यसअघि विजेता जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीमाथि पनि सहज जित निकाल्नेक्रममा ६-० र ६-१ को प्रदर्शन गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाउनुभएको छ ।
ब्वाइज डबल्समा भने नेपाली जोडीले रजतमा चित्त बुझाउनुभयो । नेपालबाट आरभ सम्राट हाडा र अकी जुवेन रावतले प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँहरूलाई प्रतिस्पर्धात्मक फाइनलमा टर्कीका अहनेट अताबे र आयरल्यान्डका युनेश तलाबारको जोडीले ६-०, ३-६ र ११-९ को सेटमा हराउनुभयो ।




















