एमालेले आज मुलुकभरबाट महाधिवेशन प्रतिनिधि चुन्दै।

काठमाडौं:= नेकपा (एमाले)ले १० औं महाधिवेशनका लागि शनिबार देशभर प्रतिनिधि चुन्दै छ । एमालेले देशभर एकै दिन १ हजार ९ सय ९९ प्रतिनिधिहरू चयन गर्न लागेको हो । उनीहरुले नै महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन्।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि छनोट उच्च समझदारीबाट गर्न आह्वान गर्नु भएको छ । शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारीसमेत भएको बताउनु भएको छ ।

आज चयन भएका प्रतिनिधिको विवरण ३० गतेसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ । एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन गर्दैछ ।