बर्दियामा उत्साहजनक रुपमा जनगणना हुदै।

[ दीपककुमार शर्मा ] 

बर्दिया:= देशभर सुरु भएको जनगणना अन्तर्गत बर्दियामा पनि उत्साहजनक रुपमा जनगणना जारी रहेको जिल्ला जनगणना कार्यालय बर्दियाका प्रमुख दानबहादुर ऐडिले बताउनु भएको छ।

जारी जनगणनामा  बर्दियामा ४ सय ७८ जना गणनहरु खटाइएको छ । ४ सय ७२ जनाले घर घरमा गएर जनगणना गर्ने भएको छन भने बाँकि ६ जनाले जिल्ला प्हरी कार्यालय, शसस्त्र प्हरी कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज , कारागार तथा निकुञ्ज भित्र रहेको नेपाली सेना र गुलरियामा रहेको नेपाली सेनाको सस्थागत तथ्याङ्घका लागी थप ६ जना गरी जम्मा १ सय ७८ जना गनकहरु खटाइएको हो ।

जनगणलाई सहज बनाउनका लागी जिल्ला जनगणका कार्यालयले स्थानिय तहमा पनि जनगणना कार्यालय स्थापना गरी काम गरिरहेको छ । आठ वटा स्थानिय तह रहेको बर्दियामा जनगणनका लागी गुलरिया नगरपालिकामा ६८ जना, राजापुर नगरपालिकामा ६३ जना, मधुवन नगरपालिकामा ५५ जना, ठाकुरबाबा नगरपालिकामा ५४ जना, बारबर्दिया नगरपालिकामा ७७ जना, बाँसगढि नगरपालिकामा ६४ जना, बढैयाताल गाँउपालिकामा ५६ जना र गेरुवा गाँउपालिकामा ३५ जना गनक खटाइएको छ ।

साथै १ सय १७ जना सुपरिवेक्षक समेत खटिएका छन । गएको विहिवार औपचारिक रुपमा जनगणनको उदघाटन समारोहलाई सम्बोधन गर्दे प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जनगणनामा सवैको सहयोगको अपेक्षा गर्दे सत्य तथ्य विवरण उपलव्ध गराइदिन आग्रह समेत गर्नु भयो । गणकले एउटा घरको विवरण लिदा करिब ३० मिनेट सम्म लाग्ने जिल्ला जनगणना कार्यालय बर्दियाका प्रमुख दानबहादुर ऐडीले बताउनु भयो ।

साथै उहाले उत्साहजनक रुपमा जनगणना भैरहेको समेत बताउनु भयो । जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागी ८० वटा प्रश्नावली रहेका छन । यी प्रश्नबाट जनसख्या, रोजगारीको स्थिति, वित्तिय पहुच, शैक्षिक अवस्था, वसाईसराइको दर, आम्दानीको स्थिति लगायतका तत्थांक संकनन हुने भएको छ ।