[ अभय दुवे ]
कोल्हवी := बाराको कोल्हवी नगरपालिकामा नेकपा एमालेको प्रथम नगर अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ।कार्यक्रममा उपस्थित नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री प्रभु साहले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पहिले पहिले राजाको पाउमा दाम चढाएझै अहिले कांग्रेसीको पाउमा दाम चढाएको बताएका छ्न्।

शुक्रवार नेकपा एमालेको प्रथम कोल्हवी नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पहिलेका माओवादी तर अहिलेका एमाले नेता प्रभु साहले माधव नेपालले आफ्नो कलंकित ईतिहासको पुनरावृत्ति गरेर काङ्ग्रेस सभापति देउवाको पाउमा दाम चढाएको बताए ।
कम्युनिष्टको साझा मतबाट निर्वाचित भई घोर प्रतिक्रियावादी कांग्रेसको सरकार बनाएर जनताको मतलाई समेत अपमान गरेको नेता साहको भनाई राख्नु भएको थियो। नेता साहले माधव नेपाल कम्युनिष्ट आन्दोलनसंग गद्दारी गरि आन्दोलनमा एउटा कालो धब्बा बनेकोले अब सबै मिलि कालो धब्बालाई पखालेर फाल्नुपर्ने बताए ।

साहले भने , ” तपाईहरुले हेर्नुसक्नुहुन्छ, गत निर्वाचनमा कम्युनिष्टहरु एकजुट भएर चुनाव लडेका थिए । दरिलो कम्युनिष्ट केन्द्र बनाउने महान अभियानका साथ जनताले अपार मत दिएर जनादेशमार्फत कम्युनिष्ट सरकारको गठन भयो । पछि पार्टी एकता पनि भयो, नेता साहले भने, ” तर विगतमा प्रधानमन्त्री बन्नका लागि राजाको पाउमा दाम चढाएका माधव नेपालले कम्युनिष्ट एकता भएको देख्न सकेनन् । विभिन्न तिकडम अपनाएर एकता विघटन मात्रै गराएनन आफ्नो कालो ईतिहास पुनरावृत्ति गरी देउवाको पाउमा दाम चढाउन पुगेको आरोप साहले नेपालमाथी लगाउदै माधव नेपाल कम्युनिष्ट आन्दोलनको एउटा कलंक हो, कलंकलाई सबै मिलेर पखालेर फाल्नुपर्छ।”
सो अधिवेशन कार्यक्रममा नेकपा एमाले पार्टीका केन्द्रिय प्रवक्ता प्रदीप ज्ञवाली, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश नम्बर.२ का सह–ईन्चार्ज अच्युत मैनालीलगायतका नेताहरु सहभागी रहेका थिए ।





















