कांग्रेस महामन्त्रीमा गगन थापा,विश्व प्रकाश र प्रदीप पौडेल भिड्ने पक्का।

काठमाडौं := आउँदो मंसिरमा हुने भनिएको नेपाली कांग्रेस पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल आफुले पनि लड्ने घोषणा गरेसंगै अब कांग्रेस महामन्त्रीमा समकालीन तीन जना युवा नेताहरु भिड्ने पक्कापक्की भएको छ ।

प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्यद्वय गगन थापा र प्रदीप पौडेल महामन्त्री पदमा आमनेसामने हुने भएका छन् ।

कांग्रेसमा १४ पदाधिकारीमध्ये कोषाध्यक्ष मात्र मनोनीत हो। सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चुनावमार्फत् जितेर आउँछन् ।