काठमाडौं:= गायिका गीता भट्टराईले स्टार इन्टरनेशन अवार्डमा उत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल हुनुभएको छ । राजधानीको होटल र्याडिसनमा सम्पन्न भएको अवार्डको दोस्रो संस्करण भट्टराईले ‘माया जालमा पर्यो…’ गीतबाट गायिकाको अवार्ड चुम्न सफल हुनुभएको हो ।
रक्षामन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा नेपालका ख्याती प्राप्त कलाकार, सौन्दर्यविद, खेलाडी, समाजसेवीलगायत करिब दुई दर्जन सर्जक स्रष्टाहरू सम्मानित गरिएको थियो भने गीत संगीतका विविध विधामा स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो ।
२०६८ सालदेखि गायन क्षेत्रमा लाग्नुभएकी गीताका थुप्रै गीत लोकप्रिय रहेका छन् । उहाँको ‘ए ठूले…’ गीतले श्रोता/दर्शकको अत्यधिक साथ पाएको छ । नवलपारासीको चोरमारा स्थायी घरहुनुभएकी भट्टराईका तीज, आधुनिक, दोहोरीलगायत सयौं गीत रहेका छन् ।




















