विश्वकै कामुक पुरुष अमेरिकी अभिनेता पल।

एजेन्सी := अमेरिकी अभिनेता पल रड विश्वकै कामुक पुरुष घोषित हुनुभएको छ । अमेरिकाको एक प्रतिष्ठित पत्रिका ‘पिपल’ले उहाँलाई सन् २०२१ को ‘सेक्सिएस्ट मेन अलाइव’को उपाधि दिएको हो ।

यो मामलामा उनले बलिउड तथा हलिउडका ठूला कलाकारलाई पछाडि पारेका छन् । आफूले यो उपाधि पाउँदा पल नै चकित परेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘मैले दयालु, मिलनसार, मिहिनेती जस्ता उपाधि पाएको छु । तर सेक्सी ? यो केही फरक छ ।’

५२ वर्षे अभिनेता पलका दुई सन्तान छन् । कमेडियन अभिनेता पलले जब ‘कामुक पुरुष’को उपाधि पाउनुभयो, उहाँले यो कुरा पत्नी जुली येगेरलाई बताउनुभएको थियो । पत्नी भने पलको कुरा सुनेर चिन्तित भएको अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन् । पल विशेषतः मार्वलको ‘एन्ट–मेन’को भूमिकाका लागि चिनिनुहुन्छ । यसबाहेक उहाँले ‘दिस इज ४०’ र ‘क्लुलेस’ जस्ता चलचित्रमा पनि काम गर्नुभएको छ ।