बहिनीको साथमा बोल्ड र बिन्दास जाह्नवी (तस्वीरहरु)

एजेन्सी := बलिउड अभिनेत्री जाह्नवी कपूर ती सेलिब्रेटमिध्येकी एक हुन् जसलाई घुमफिर गर्न मन पर्छ । उनले आफ्नो कामको व्यस्तताबाट समय निकालेर अहिले आफ्नी बहिनीको साथमा दुबइ घुम्न गएकी छिन् । जाह्नवी र खुसी दुवैले आफूहरुको दुबइ डेजर्ट ट्रिपका शानदार फोटोहरु शेयर गरेका छन् । यी तस्वीरमा दुवैले एटिभीको मजा लिइरहेको देख्न सकिन्छ ।

दुवैले एटभीको साथमा पोज दिँदै कैयौं तस्वीरहरु शेयर गरेका छन् । यी तस्वीरमा खुसी र जाह्नवीको स्टाइल लगभग उस्तै देखिएको छ । जाह्नवी र खुसीका यी तस्वीरमा फ्यानहरुले धेरै कमेन्ट गरिरहेका छन् । खुसीले पनि जाह्नवीले जस्तै पोज दिँदै फोटो शेयर गरेकी छिन् । सबै कमेन्टका बीच एक कमेन्टको चर्चा छ । यो कमेन्ट जानवीका कथित पूर्व प्रेमी शिखर पहाडियाको हो । उनले कमेन्टमा ‘माशाअल्लाह’ लेखेका छन् ।