आज मिति २०७८ साल कार्तिक २६ गते शुक्रबार अष्टमी तिथि कार्तिशुक्लपक्ष : सूर्याेदय : ६ः२३ सूर्यास्त : १७ः११, तारिख १२ अष्टमीव्रत , गोरखकालीपूजा गोपाष्टमी ।
मेष : यात्रामा समस्या आईपर्न सक्छ सचेत रहनुपर्ला ।
वृष : आफूले गरेका काममा सफलता प्राप्त हुनसक्छ ।
मिथुन : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।
कर्कट : व्यापार व्यवसायमा राम्रै आम्दानी हुनेछ ।
सिंह : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग पाउन कठिन हुनेछ ।
कन्या : पठन पाठनका क्षेत्रमा विशेष रुचि हुनसक्छ ।
तुला : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।
वृश्चिक : साथिभाईको सहयोगले काम सफल हुनेछ ।
धनु : बिशिस्ट ब्यक्तित्वहरूसँग भेट गर्ने अवसर जुट्न सक्छ ।
मकर : आफू बसेको ठाउँ छोडेर अर्को ठाउँमा जानुपर्ने हुनसक्छ ।
कुम्भ : इष्ट कार्यबाट सफलता मिल्न सक्छ ।
मीन : आमाको आशिर्वाद पाउँदा मन हर्षित हुनेछ ।




















