तस्वीरहरुमा छठ पर्वको रौनक।

काठमाडौं := छठपर्व मनाउन देशभरका घाट सिँगारिएकाले यहाँ बेग्ले रौनक छाएको छ । विशेषत तराई र काठमाडौं उपत्यकाका घाट सिँगारिएका छन् ।

छठपर्वको मुख्य दिन हिजो बेलुका अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछन् । कातिक शूक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ। तराई–मधेशका नागरिकसँगै पहाडी मूलका नागरिकले पनि यो पर्व मनाउन थालेको बताइएको छ ।

पहिला तराईको सीमित क्षेत्रमा मनाउँदै आएको यो पर्व अहिले राष्ट्रिय रुपमा नै मनाउन थालिएको छ । सरकारले यस पर्वका लागि आज सार्वजनिक बिदासमेत दिएको छ । यस्तै हिजो हेटाँैडाको कर्रा खोलालगायत नहर तथा पोखरीमा यो पर्व मनाइएको हो।