[ राम अवतार चाैधरी ]
कपिलवस्तु:= कामना सेवा विकास बैंक लिमिटेडले १५औँ वार्षिक उत्सवकाे अवसर पारेर विभिन्न कार्यक्रम गरि मनाउँदै आएकाे छ । देशै भरीका विभिन्न १३० शाखा मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमकाे आयाेजना गर्दै आएकाे बैंकले जनाएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कपिलवस्तुको शिवराज-५ अवस्थित बैंकको चन्द्राैटा शाखाकाे आयाेजनामा वडा प्रहरी कार्यालय चन्द्राैटालाई बुधबार १ थान युराे पानी फिल्टर हस्तान्तरण गरेकाे बैंकका चन्द्राैटा शाखा प्रमुख यज्ञमूर्ती (अनिश) लुइटेलले जानकारी दिए । बैंकले पहिले देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत आम समुदायलाई टस्टविन, सुइटर लगायतका गतिविधि सक्रिय राख्दै आएकाे समेत लुइटेलले जनाए।

शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले सह्रानिय कार्य भएकाे बताएकी छन् । यसबाट अरु बैंकले पाठ सिक्न जरुरी रहेकाे बताउँदै बैंकले आर्थिक काराेबार मात्र नभएर सामाजिक काम गर्न समेत उत्तिकै आवश्यक भएकाे थारुले उल्लेख गरिन्।
त्यसैगरी वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक शंकर प्रसाद आचार्यले हस्तान्तरण गरिएकाे फिल्टरलाई ग्रहण गर्दै आम सराेकारकाे कार्यालय वा सेवाग्राहीलाई लक्षित गरि वितरण गरिएको कार्य एकदमै सकारात्मक रहेकाे बताए । देख्दा सानाे काम देखिए पनि प्रभावकारी भएकाे जनाउँदै आगामी दिनमा समेत यस्ता कार्यमा अरुले पनि हातेमालो गर्नुपर्नेमा जाेड दिए।

बैंक कामना सेवा विकास बैंकको क्षेत्रीय प्रबन्धक माेहनदत्त खनालकाे अध्यक्षतामा भएकाे वितरण कार्यक्रममा बैंकका गाेरुसिंगे शाखा प्रबन्धक कृष्ण प्रसाद पन्थी, स्थानीय लगायतको हस्तान्तरण कार्यक्रमलाई सम्बाेधन गरेकाे थिए । साथै बैंकले साप्ताहि कार्यक्रम भित्र बुटवलमा आगामी शनिबार रक्तदान कार्यक्रमको आयाेजना रहेकाे समेत बैंकले जनाएकाे छ।




















