नयाँ नेपाली चलचित्र ‘सिल्ली फो’मा केकी अधिकारी।

काठमाडौं:= नयाँ नेपाली चलचित्र ‘सिल्ली फो’ निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहने यस चलचित्र चार बदमासको कथामा निर्माण हुने बताइएको छ । साथै चलचित्रमा नायिका केकी अधिकारी मुख्य भूमिका रहने बुझिएको छ ।

चलचित्रको छायांकन पनि १५ दिन गरेर अहिले ब्रेक गरिएको बताइएको छ । मंसिर १ गतेबाट फेरि चलचित्रको बाँकी दृश्य छायांकन गरिने निर्देशक सानेले बताउनुभएको छ । चलचित्रको सम्पूर्ण छायांकन बाँके क्षेत्रमा हुनेछ ।

चलचित्रमा केकीसँगै राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वरप्रसाद शर्मालगायत कलाकारको अभिनय देख्न पाइनेछ । रुद्र खनाल प्रस्तुतकर्ता रहेको यो चलचित्रको निर्मातामा मनोज डिके र सहनिर्मातामा विशाल श्रेष्ठ र सागर विष्ट रहनु भएको छ ।

चलचित्रमा दिव्यराज सुवेदी छायांकार, पुरुषोतम न्यौपाने संगीतकार र रामजी लामिछाने कोरियोग्राफरको रूपमा हुनुहुन्छ । निर्देशक सानेले यसअघि ‘पर्खी बसे फर्की आउनेछु, डोली, विरांगना’ जस्ता फिल्मको निर्देशन गरिसक्नुभएको छ ।